धरान: धरानमा भोलीदेखि एक सातालाई लकडाउन गर्ने निर्णय भएको छ ।

आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि लकडाउन शुरु गर्ने निर्णय गरेको हो । लकडाउन साउन २८ गतेसम्म लागु हुने निर्णय भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । लकडाउन अवधिमा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । एम्बुलेन्स, शववहान बाहेक अन्य सवारीसाधनहरुमा पनि पुर्ण रोक लगाइनेछ । धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा फैलन नदिन लकडाउन गरिएको हो ।