धरान: आज कोरोना संक्रमण पुष्टि भएको सब्जी व्यापारी बस्ने धरान ९ स्थित सिद्धिविनायक पथ र उनको पसल रहेको धरान २ को सब्जी मण्डीलाई सिल गर्दै प्रवेश निषेध गरिएको छ ।

वडा नं ९ का अध्यक्ष रत्न कटवालको नेतृत्वमा दुवै स्थान सिल गरिएको हो । अध्यक्ष कटवालका अनुसार संक्रमित व्यपारी बस्ने सिद्धि विनायक पथलाई संक्रमित क्षेत्र भएकोले सडकको पुर्वपश्चिम दुवैतर्फ प्रवेश निषेध गरिएको छ । साथै, सेनिटाइजर पनि राखिदिएको उनले बताए । वडा सदस्य मनोज राउतको घर सोही क्षेत्रमा भएकोले निगरानी गर्न जिम्मेवारी पनि दिइएको अध्यक्ष कटवालले जानकारी दिए । ‘स्थानीयको स्वाब परीक्षणको रिपोर्ट नआएसम्म कसैलाई पनि बाहिर निस्कन, अन्य जान नदिन भनेको छौं,’उनले भने,‘स्थानीयले पनि हाम्रो आग्रहलाई मानेका छन् ।’ अतिआवश्यक काम परेमा मास्क, सेनिाइटजर, पञ्जा लगाएर मात्र निस्कन आग्रह गरेको पनि उनले बताए । उनले आफ्नो वडामा सचेतनामुलक माइकिङ गरिरहेको पनि जानकारी दिए ।

nisedh2

धरान २ स्थित सब्जी मण्डिबाट वडा ९ तर्फको नरेन्द्रपथ सिल गरिदै ।

यस्तै, स्थानीयको आग्रहमा संक्रमित सब्जी व्यापारीको पसल रहेको वडा नं २ बाट वडा नं ९ तर्फ आउने नरेन्द्र पथलाई पनि प्रवेश निषेध गरिएको छ । तर, केही समय पछि स्थानीय व्यापारीहरुले भने विरोध जनाएको खबर आफुले पाएको वडा ९ का अध्यक्ष कटवालले बताए । ‘त्यो सब्जीमण्डी पनि संक्रमित क्षेत्र नै हो, संक्रमित सब्जी व्यापारीले त्यही बसेर कतिलाई तरकारी बिक्री गरेको छ,’उनले भने,‘त्यसैले त्यहाँबाट हाम्रो वडा छिर्नेतर्फ नरेत्द्र पथलाई बन्द गर्यौं, तर म हिडेपछि व्यापारीहरुले २ नम्बर वडामा ९ वडाको अध्यक्ष आएर किन बन्द गरेको भनेर विरोध गरे भन्ने खबर पाएँ ।’ केही व्यापारीहरु त्यही हिडडुल गरिरहेको आफुले देखेको पनि अध्यक्ष कटवालको भनाई छ । ती सब्जी व्यापारी नभै कस्मेटिक व्यापारी भएको उनको भनाई छ ।

nisedh1