विराटनगरः विराटनगरमा एक पत्रकारमा कोरानो संक्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोख्रेलले साप्ताहिक पत्रिका चलाउने एक पत्रकारमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनका अनुसार ती पत्रकारले साउन १९ गते स्वाब दिएका थिए । ती पत्रकार गुद्रि नजिक बस्छन् । केही दिन अघि गुद्रिमा तरकारी पसल गर्ने एक व्यक्तीको कोरोना संक्रमणकै कारण मृत्यू समेत भएको थियो ।