झापा: पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्नु उचित हुने बताएका छन् । 

गृहजिल्ला झापामा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रदेश १ को नाम पहिचानको आधारमा राख्नुपर्ने माग उठिरहदा संघीइ र प्रदेश संसदको सबैभन्दा ठुलो तथा प्रतिपक्षी दलको नेताबाट यस्तो धारणा आएको हो ।

chautari

उनले प्रदेशको नाम कुनै जात, थर बिशेष भन्दा पनि साझा पहिचानको लागि कोशी राख्नुपर्ने बताए । जातीय नामकरणले प्रदेशमा सबैको पहिचान, इतिहास नसमेटिने ओलीको भनाई थियो । उनले कोशी सम्भ्यता भएको र त्यहीको पानीबाट सिञ्चित भएकोले नाम कोशी राख्न उपयुक्त हुने बताए । 

अध्यक्ष ओलीले सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने भन्दै कुनै भ्रममा नपरी प्रदेशको नामकरण कोशी गर्न सुझाव पनि दिए । ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ’ उनले भने ।